नारायणकाजीले भने विदेश विभाग गठन भएको छैन, भ्रममा नपर्नुहोला

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विदेश विभागले पुर्णता पाइनसकेको स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले भन्नुभएको छ ,‘नेकपा (माओवादी केन्द्र ) को बिदेश बिभाग गठन भएको र त्यसमा बिभिन्न ब्यक्तिहरु राखिएको भन्ने समाचार गलत हो । पार्टीले  बिदेश बिभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’

राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विदेश विभाग गठन भएको भन्दै केही मिडियामा समाचार प्रकाशित भएकोमा नेता श्रेष्ठले त्यसमा सत्यता नभएको बताउनुभएको हो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : ०५ बजे