दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य प्रतितोला रु ४०० ले घट्यो 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।

छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० तोकिएको छ । 

त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ८९ हजार ८५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ ।

यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मङ्गलबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । 
 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ११ : ४४ बजे