विपक्षीको विरोधका बीच लुम्बिनी प्रदेशको प्रतिस्थापन बजेट आज प्रस्तुत हुँदै

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच आज लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरेको छ । आज १ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्दैहुनुहुन्छ ।

बुधबार विहान बसेको मन्त्री परिषद्को बैठकले यसअघिको शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिष्ठापन गरी नयाँ बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक योजना मन्त्री कृष्णध्वज खड्काले बताउनुभयो ।

प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो प्रदेश सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लग्ने निर्णय समेत गरेको छ । जसमा प्रदेश सरकारको अर्थ सम्बन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमोजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश सञ्चित कोषबाट खर्च गर्ने अधिकार प्रदान गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ११ : २५ बजे