सुनको मूल्यमा नयाँ कीर्तिमान

दसैँ पर्वमा बन्दीप्रत्यक्षीकरणसहित अतिआवश्यक मुद्दाको सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतको मंगलबार बसेको पूर्ण बैठकले दसैँ पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको मंगलबार बसेको पूर्ण बैठकले (फुलकोर्ट) दसैँका बिदामा अतिआवश्यक अवस्थामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा न्यायाधीशको नाम तय गरेको छ । 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भन्नुभयो, “फूलकोर्टको बैठकले दसँै बिदामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दामा न्यायाधीशहरुको नाम तोक्ने निर्णय गरेको छ ।”

यही असोज २१ गतेदेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिका दिनसम्म सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । 

सो अविधमा बन्दीप्रत्यक्षीकरणसहित र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा भने सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : २० बजे