सुनको मूल्यमा नयाँ कीर्तिमान

धितोपत्र बोर्डका अध्यक्ष बर्खास्त

काठमाडौँ । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको प्रस्तावमा सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण शेयर(आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा नामसारी भएको पाइएको थियो । त्यसपछि अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । तर, उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्ती गरेको हो । 

ढुंगानालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा चार वर्षका लागि  बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ९ : ११ बजे