यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अपहरण गरी बन्धक बनाएको अभियोगमा २ जना पक्राउ

काठमाडौं – चन्द्रागिरी नगरपालिका-३ थानकोट डेरा गरी बस्ने एक महिलालाई जबरजस्ती डरत्रास देखाई अपहरण गरी भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेलस्थित घरमा बन्धक बनाएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बस्ने ३७ वर्षीय धिरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बस्ने २९ वर्षीया रसिला अवाल रहेका छन् । उक्त घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पीडित महिलालाई बन्धक बनाई राखेको रसिलाको घरबाटै उद्धार गर्नुका साथै घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परीसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ०० बजे