काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन् ।
चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले मंगलबार गरेको बजार अनुगमनका क्रममा मंगलबार १५ वटा पसल कारबाहीमा परेका हुन् । खाद्यान्न, लत्ता कपडा, तरकारीलगायत ३२ वटा पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसललाई कारबाही गरिएकाे छ ।
कारबाहीमा परेका पसलबाट एक लाख ४५ हजार रुपैयाँ जरिबाना तिराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । प्रशासनका अनुसार केही पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन र केहीलाई आवश्यक स्पष्टीकरण सोधिएको छ ।
प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार २ : ५२ बजे
प्रतिक्रिया