प्रतिनिधिसभामा एमाले सांसद्को नाराबाजी: कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरेका छन्। 

सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरेका हुन् ।  

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक निरन्तर अवरूद्ध गर्दै आएको छ । 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६र७७ पेश गर्ने सम्भावित कार्यसूची छ । 

एमालेको अवरोधका बीच सभामुख अग्नीप्रसाद सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहाद्र कार्कीलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्न अनुमती दिएका थिए । मन्त्री कार्कीले प्रतिवेदन पेश गरेसँगै आजको बैठक स्थगित गरिएकमो छ । अब संसद्को अर्को बैठक असोज २२ गते बस्ने छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १ : २२ बजे