‘एउटै नाउरको सिकार गर्न २३ लाख’

माधव नेपाल गुटको तयारी सामूहिक राजीनामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत लिने निर्णय गरेपछि त्यसलाई कसरी सामना गर्ने भन्ने वारेमा दलहरु आन्तरिक रणनीतिमा लागेका छन् । यसले सबैभन्दा बढि अप्ठयारो भने एमालेबाट निलम्बित माधव कुमार नेपाल र उनीहरुसँग रहेका केही नेता र सांसदलाई परेको छ ।

जसरी पनि प्रधानमन्त्रीबाट ओलीलाई हटाउनु पर्छ भनेर लागिपरेका प्रचण्ड र उनीसँग मोर्चा गदै हिडेका माधव नेपालले २७ गते अघि नै एउटा निर्णय लिइसक्नुपर्ने छ । त्यो मूलत एमाले मै रहने वा एमाले छाडेर नयाँ पार्टी खोल्ने भन्ने तर्फ केन्द्रित छ ।

प्रधानमन्त्री ओलीको विश्वासको मत लिने निर्णयपछि माधव नेपाल गुट पक्ष लगातार बैठक गरिरहेको छ तर निश्कर्षमा पुगिसकेको छैन । माधव गुटका एक नेताका अनुसार छलफलका क्रममा माधव नेपाल, भीम रावल लगायतका केही सदस्य एमालेमा रहन नसक्ने र नयाँ पार्टी खोलेर अघि बढनुपर्ने लाईनमा देखिएका छनभने योगेश भटटराई, गोकर्ण बिष्ट लगायतका केही सदस्यहरु भने पार्टीभित्रै संघर्ष गरेर बस्नुपर्ने तर पार्टी छोडन नहुने भन्ने लाईनमा छन् । त्यसै क्रममा माधव नेपाल, भीम रावलहरुले प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सांसद सदस्यबाट सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेभने अन्य नेताहरुले त्यसमा आपत्ति जनाउँदै पार्टीभित्रै बसेर संघर्ष गर्नु उचित हुन्छ भन्दै राजीनामा दिनु नहुने बताए । उनीहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र पार्टीभित्रै रहेर अन्तर संघर्ष चलाउनुपर्ने बताए । सांसदबाट सामूहिक राजीनामा दिने माधव नेपाल, भीम रावलको प्रस्ताव अनुसार नै उनिहरु अघि बढ्छन वा यसलाई एउटा बार्गेनिङ्ग बनाएर अघि बढ्छन भन्ने बारेमा अहिले दृष्य प्रष्ट भइसकेको छैन । 
 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ०६ बजे