प्रतिनिधिसभाको बैठक आज बस्‍दै

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्‍दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ९ : ०७ बजे