विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ठगीको आरोपमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले  सिभिल बैंकका अध्यक्षसमेत रहेका तामाङलाई ठगी र रकम हिनामिनाको आरोपमा पक्राउ गरेको हो ।

बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सीआईबीका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै उनीविरुद्ध किटानी जाहेरी परेको छ । 

तामाङमाथि चिठ्ठा, घरकर्जालगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप छ । 

निक्षेपकर्ताको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सिआइबीका प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताउनुभयो ।

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : ०५ बजे