परराष्ट्रमन्त्री खड्काले अमेरिकी र चिनियाँ राजदूत भेटे

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरी र  चीनका राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेका छन्।  खड्कासँग दुवै राजदूतले सोमबार भेट गरेका हुन्।  

मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी सम्बन्ध र बहुपक्षीय सहभागिताका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा मन्त्री खड्काले नेपालको विकास पहल र कोभिड–१९ विरुद्धको लडाइँमा निरन्तर सहयोग गरेकामा अमेरिकी र चीन सरकार तथा जनतालाई धन्यवाद दिएको मन्त्रालयले जनाएको छ। 

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ४४ बजे