वालुवाटार प्रकरण : बाबुराम र माधव नेपालविरुद्धको मुद्दा फैसला कार्तिक १५ मा हुने

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले दुई पुर्व प्रधानमन्त्रीबिरुद्ध चलाईएको मुद्धाको निर्णय सुनाउने मिति तोकेको हो ।

दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : १२ बजे