उपराष्ट्रपतिका छोरा बने अखिल क्रान्तिकारीको महासचिव

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा अध्यक्ष पञ्चा सिंह र महासचिव दिपेश पुनको नाम टुंगो लागेको छ ।

पन्चा सिंहको नाम माओवादी अध्यक्ष प्रचण्डले आइतबार नै टुंगो लगाउनु भएको थियो भने महासचिवमा पुनको नाम केहीबेर अघि टुंगो लागेको हो । जनार्दन शर्मा निकट पञ्चा अध्यक्ष भएपछि सन्तुलन मिलाउन दिपेश पुनलाई महासचिव बनाइएको हो ।

दिपेश पुन यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश जनयुद्धका लडाकु समेत हुन् । नरेश रेग्मी, जीपी मैनाली लगायत उपाध्यक्षमा चयन भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : २१ बजे