साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौंले पोखरालाई दियो १८३ रनको लक्ष्य

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल)टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स इलेभेनले पोखरा राइनोजलाई १८३ रनको लक्ष्य दिएको छ । 

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले पुरा ओभर खेलेर ८ विकेट गुमाउँदै १८२ रन बनाएको हो । 

काठमाडौंका लागि अमित श्रेष्ठले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५६ रन जोडे ।  रायन बर्लले पनि अर्धशतक प्रहार गरे । उनले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको योगदान गरे । यस्तै, ओपनरद्वय रहमानउल्लाह गुरबाजले १२ रन बनाउँदा अर्का ओपनर सुवास खकुरेल २ रनमै समेटिए । असन प्रियञनले ५, सन्दिप लामिछानेले ३१, अमर रौटेलाले ७ रन बनाए । गुल्सान झाले १ रन जोडे । 

पोखराका लागि विवेक यादवले तीन विकेट लिए । नन्दन यादव, विक्रम सोव, किशोर महतो र सहन आरसिगेले समान एक/एक विकेट लिएका छन् । 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : १६ बजे