आजै मन्त्रीहरूको शपथग्रहण गराउने तयारीमा छौं– अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरूको शपथग्रहण गराउने तयारी भएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले सोमबार सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको बताउनुभयो । आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै सोमबार शपथग्रहण नभए पनि टुंग्याउने पक्षमा रहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘बोल्ने प्रशस्त मन हुँदाहुँदै पनि समय अभाव छ, आजै मन्त्रीहरूको शपथग्रहण गराउने भन्ने कुरा छ, नभए पनि टुंग्याउन चाहिँ आज टुंग्याउने कुरा भएको छ ।’

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  २ : ०७ बजे