साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राजदूत  महेशराज दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ ।  सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत  महेशराज दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले  दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अस्ट्रेलियाको राजदूत  फिर्ता गर्ने निर्णय गरिएको जानकारी दिनुभयो  । अहिलेसम्म भएका कार्यसम्पादन मूल्यांकन र सरकारका लागि उपयुक्त नदेखिएको कारण दाहाललाई फिर्ता गर्ने सिफारिस गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यसैगरी सरकारले  कोभिड महामारीलाई मध्यनजर गरेको भन्दै जापानी राजदुत प्रतिभा राणालाई भने अर्को व्यवस्था नभएसम्म भन्दै म्याद थप गरेको छ ।

ओमानकी राजदूत शर्मीला पराजुली ढकालको पनि पदावधी थप भएको छ । उहाँको पनि अर्को व्यवस्था नभएसम्म पदावधी थप गरिएको हो  । 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : २१ बजे