एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेला आज, अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

काठमाडौं । नेकपाल एमालेले आज स्थानीय तहका प्रमुख उपप्रमुखको भेला आयोजना गरेको छ ।

राष्ट्रिय सभागृहमा नीय तहका प्रमुख उपप्रमुखको भेला हुने पार्टीको स्थानीय तहका प्रमुख एवं केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो । 

भेलामा आगामी स्थानीय तहको निर्वाचनका बारेमा पार्टीले कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल हुने जानकारी दाहालले दिनुभयो । 

उहाँका अनुसार पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्थाका र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुबाट रिर्पोटिङ लिइनेछ ।

विधान महाधिवेशनमा आएका एमालेका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख,उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुनेछन् । 

भेलालाई दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : ०४ बजे