विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यातायातका दुई जना विचौलिया पक्राउ

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 

पक्राउपर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । 

उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

यस्तै लाइनमा बसेका सर्वसाधारणलाई सास्तीसमेत दिने गरेका थिए ।

तीनै जनालाई यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । 

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । 

सोही क्रममा उनीहरु पक्राउ परेका र हाल थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ७ : २५ बजे