एमाले विधान महाधिवेशन : डा. विजय सुब्बाको नेतृत्वमा निर्वाचन आयोग गठन

काठमाडौं । नेकपा एमालेले डा. विजय सुब्बाको नेतृत्वमा पार्टीको निर्वाचन आयोग गठन गरेको छ । 

ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी पार्टीको प्रथम विधान महाधिवेशनले सुब्बाको नेतृत्वमा निर्वाचन आयोग गठन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सर्वसम्मतले सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको हो । 

सदस्यमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, डा। कुन्साङ लामा, रीता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा विसी, सावित्रा निरौला, गेवालाल चौधरी, विमला विश्वकर्मा, लोकबहादुर थापा र हिमप्रला गैरे रहेका छन् । 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ५० बजे