सुनको मूल्यमा नयाँ कीर्तिमान

फेरिए ११ जिल्लाका सीडीओ (सूचीसहित)

​​​​​​​काठमाडौँ । सरकारले  ११ जिल्लाका सीडीओ हेरफेर गरेको छ ।  गृहमनत्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरासहित ११ जिल्लाका सिडियो हेरफेर गरेको हो ।  गृहले मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो ।
टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई देउवाको गृहजिल्ला डडेलधुरामा सीडीओ बनाएर पठाइएको छ । डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालयले सहसचिव कमलराज ढकाललाई भोजपुर र सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम ७ महिना पनि नपुग्दै गृह मन्त्रालय तानिनुभएको छ । 
त्यस्तै, लमजुङमा सुशिल वैद्य, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जिवी राना, रसुवामा नवराज जैसीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईँटेल, डडेलधुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाल गृह मन्त्रालय तानिनुभएको छ ।  यस्तै, गृहले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौंको जेलर बनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ३ : ३१ बजे