एमालेले परिमार्जन गर्यो लोगो , अब सूर्यभित्र सुनौला रङको हँसिया हथौडा

काठमाडौं । नेकपा एमालेले पार्टीको लोगोमा परिमार्जन गरेको छ । विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो ।
अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो  । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो ।

अब यो लोगो नै पार्टीको आधिकारिक हुने पौडेललेजानकारी दिनुभयो ।
 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ३ : ०९ बजे