‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोरोनाबाट बाँके, मोरङ्ग र सुनसरीमा  १० संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत बाँके, मोरङ्ग र सुनसरीमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ जना र मोरङ, सुनसरीमा ६ जना संक्रमितको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा चारजना तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होम आइसोलेसनमा एक–एक जनाको मृत्यु भएको हो ।

नोबेलमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्धको बिहान २ बजे मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्ध महिलाको नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी सप्तरी हनुमाननगर–कङ्कालीनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको  ५  बजे मृत्यु भएको छ । उनको नोबेलमै उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै मोरङको बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको भने होम आइसोलेसनमा मृत्यु भएको छ । यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । सप्तकोसी–१ सप्तरीका पुरुषमा वैशाख १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १२ : १७ बजे