सुनको मूल्यमा नयाँ कीर्तिमान

गृह मन्त्रालयले तीन महिनापछि बल्ल डोटीमा प्रमुख जिल्ला अधिकारी खटायो

डोटी ।  गृह मन्त्रालयले बल्ल यहाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ । 

विगत तीन महिनादेखि प्रजिअ विहीन बनेको थियो ।

निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको हो । उहाँले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा हुनुभएको थियो  । यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आउनुभएको थियो । प्रजिअ र प्रशासकीय अधिकृतसमेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो । 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : ३० बजे