सुनको मूल्यमा नयाँ कीर्तिमान

जोगबनी नाका १९ महिनापछि पूर्णरुपमा खुल्यो

विराटनगर । कोरोना संक्रमण महामारीले १९ महिनादेखि बन्द रहेको विराटनगरको रानी र भारतको जोगबनी जोड्ने जोगबनी नाका आजदेखि पूर्णरुपमा खुल्ला गरिएको छ ।

११ असोजको मन्त्रिपरिषद्ले नाका खोल्ने निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन । सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखि नै भइरहे पनि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द थियो ।

शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुई पाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरु आउजाउ गर्न थालेका छन् 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : ४७ बजे