एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि सामूहिक छलफल जारी

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफल जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको प्रस्तुत सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि सामूहिक छलफल भइरहेको छ ।  

छलफलका लागि महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको छ । महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरू सहभागी हुनुहुन्छ ।

एमालेले पहिलोपटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो । आइतबार प्रस्तुत प्रतिवेदनमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सो महाधिवेशन समापन हुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ३८ बजे