यी हुन् एमालेका ११ वैचारिक आधारहरु

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनमा पार्टीको वैचारिक आधार पनि उल्लेख गर्नुभएको छ । उहाँले  माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको वैचारिक मार्गदर्शनलाई पार्टीको मुख्य वैचारिक आधार उल्लेख गर्नुभएको छ ।

‘कम्युनिस्ट पार्टी स्वेच्छिक रूपले सामाजिक परिवर्तनमा समर्पित हुन तत्पर, त्यसका लागि आवश्यक पर्दा बलिदान दिन तयार तथा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणबाट दीक्षित व्यक्तिहरूको अनुशासित, सचेत र स्वयंसेवी संस्था हो । त्यसैले पार्टी संरचना प्राविधिक विषय होइन,’ ओलीले लेख्नुभएको छ ।

उहाँले पार्टी निर्माणका वैचारिक आधार ११ वटा प्रस्तुत गर्नु भएको छ ।

यी हुन् ओलीले उल्लेख गर्नुभएका वैचारिक आधारहरु :

– माक्र्सवाद–लेनिनवाद र जनताकोबहुदलीय जनवादको वैचारिक मार्गदर्शन

– द्वन्द्वात्मक-ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण

– श्रमजीवी वर्ग पक्षधरता

– देशभक्तिपूर्ण भावनाका साथ देश र जनताकोपक्षमा निरन्तर क्रियाशीलता

– राष्ट्रिय पुँजी निर्माण

– प्रगतिशील उत्पादक शक्तिको विकास

– स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको स्थापना

– जनताको बहुदलीय जनवादको कार्यान्वयन तथा समाजवादका आधार निर्माणको कार्यदिशा

– संसारभरका श्रमजीवी तथा शान्तिप्रेमी जनताको आन्दोलनप्रतिको ऐक्यवद्धता एवं विश्व मानवतावादको पक्षधरता

– दक्षिणपन्थी र उग्रवामपन्थी आवरणमा देखा पर्ने अवसरवाद विरुद्धको सतत् वैचारिक संघर्ष

– अनुभवको निरन्तर विश्लेषण र संश्लेषणका माध्यमबाट नेपाली क्रान्तिका सिद्धान्तको विकास प्रयोग गर्दै अघि बढ्ने ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : ५८ बजे