अध्यक्ष ओलीको प्रतिवेदन : प्रचण्ड अस्थिर, अवसरवादी एवं विभाजनकारी नेता (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखको सहयोगमा एमाले विभाजन गरिएको बताउनुभएको छ ।  पार्टीको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले एमाले विभाजनका लागि अदालत, आयोग र सभामुखको भूमिका रहेको आरोप लगाउनुभएको हो । अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको बताउनुभयो ।  

महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई गलत तरिकाले हटाउन खोजेर प्रचण्ड र माधवले पार्टी विभाजन गरेको र देशी विदेशी तत्वहरुको इशारामा चलेर पार्टी विभाजन गरेको ओलीले बताउनुभयो ।

प्रचण्ड अस्थिर, अवसरवादी एवं विभाजनकारी

​​​​​​​प्रतिवेदनमा  ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर, अवसरवादी र विभाजनकारी नेता भएको आरोप लगाउनुभएको छ । , मुलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, प्रतिवेदनमार्फत भनिएको छ । ​​​​​​​

हेर्नुहोस् अध्यक्ष ओलीले विधान महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीीतक प्रतिवेदनको पूर्णपाठ :

​​​​​​​

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : ३३ बजे