‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको बैठकमा कोरोना भाइरसको महामारी तीव्र भइरहँदा महाधिवेशनलाई कसरी गर्ने भन्ने विषयमा छलफलको तयारी भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले यही २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति अख्तियारी गर्ने भन्नेबारे पनि छलफल हुनेछ ।

बैठकमा पूर्वपदाधिकारीलाई बोलाइएको छ । पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ९ : ४९ बजे