अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाउँदै सुरु भयो एमाले महाधिवेशन

काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो । 

अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो । कार्यक्रमको सञ्चालन भने नेता प्रदीप ज्ञवालीले गरिरहनु भएको छ ।

१५–१७ असोजसम्म एमालेको विधान महाधिवेशन हुनेछ । सो महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन पेस गरिनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १ : ३८ बजे