माथिल्लो मनाङमा हिमपात

एमाले बनायाे ४ सय ७७ सदस्यीय वागमती प्रदेश कमिटी , बादल नै बने इन्चार्ज 

काठमाडौं । विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।
विहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटिमा आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव हुनुहुन्छ ।  ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटीको इन्चार्जमा रामवहादुर थापा बादल नै बनाइएको छ । 
प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले भोलिदेखि सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउनुहुनेछ ।  
यसअघि १० बुँदे सहमति अनुसार जेठ २ अघिका इन्चार्जहरु नै कायम हुने भनिए पनि वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै नेतृत्व टुंगो लागेको हो । 

शाक्यलाई प्रदेशको शीर्ष स्थानमा राखेर काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल सहइन्चार्ज राखिएको छ । केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदाधिकारी तहमा राखिएको छ । 

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ५ : ०८ बजे