विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ 

पर्वत । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सातजनालाई पक्राउ गरेको छ ।  कुश्मा नगरपालिका–४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले लाई मंगलबार सात जनालाई पक्राउ गरेको होे ।  

पक्राउ पर्नेहरुमा मोदी गाउँपालिका–५ बाझुङ बस्ने ४२ वर्षीय हरि बहादुर खत्री सहित सात जना छन् । 
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ४६ हजार १ सय ३० रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  २ : २५ बजे