माथिल्लो मनाङमा हिमपात

संसद् बैठक : प्रमुख प्रतिपक्षीद्वारा नाराबाजी गरेसँगै स्थगित 

काठमाडौँ । प्रतिनीधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरेको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउनुभएको थियो । 

एमालेको अवरोधका बीच सभामुख सापकोटाले आजको बैठकमा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ ओं वार्षिक प्रतिवेदन पेस गर्न अनुमति दिनुभएको थियो । कानुन मन्त्री कार्कीले प्रतिवेदन पेस गरेसँगै सभामुख सापकोटाले असोज १९ गते मङ्गलवार १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभएको छ । 

  

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १ : २८ बजे