सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

इक्वेडर कारागारमा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या एक सय नाघ्यो

काठमाडौँ । इक्वेडरको कारागारमा भएको हालसम्मकै अप्रिय घटनामा एक सयभन्दा धेरैले ज्यान गुमाएको अहिलेसम्म थाहा भएको अधिकारीहरूले बताउनुभएको छ ।

बिबिसीका अनुसार त्यहाँ बन्दी गृहका दुई समूहबीच झडप भएको थियो। मङ्गलवार ग्वायाकइल सहरस्थित जेलमा भएको झडपमा कम्तीमा पाँच जना बन्दीको टाउको काटिएको जनाइएको छ।

अन्यको गोली प्रहार गरेर हत्या गरिएको थियो। एक जना प्रहरी कमान्डर फास्तो बुएनानोका अनुसार बन्दीहरूले ग्रेनेड समेत फ्याकेका थिए। स्थिति नियन्त्रणमा लिन ४०० प्रहरी अधिकारी परिचालन गर्नुपरेको थियो। उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार कारागारभित्र त्यस्तो गराउनका लागि शक्तिशाली मेक्सिकन लागु औषध तस्करहरूको गिरोहले निर्देशन दिएको थियो।

उक्त गिरोहले हाल एक्वेडरमा काम गरिरहेको बताइएको छ। 

इक्वेडरको बन्दी गृहहरू हेर्ने एक जना निर्देशकले स्थानीय रेडियोसँगको कुराकानीमा त्यहाँको अवस्थालाई डरलाग्दो भएको बताउनुभयो । उहाँले भन्नुभयो, हिजो प्रहरीले २ बजे (स्थानीय समय) स्थिति आफ्नो नियन्त्रणमा लियो। तर हिजो राति त्यहाँ गोली प्रहार, अन्य कुराहरू र विस्फोटन भए। र आज बिहान हामीले पूर्ण नियन्त्रण लियौँ। हामीले झडप भएका स्थानहरूमा छिर्दै जाँदा थप मृत शरीरहरू फेला पारिरहेका छौँ।

त्यहाँ गत फेब्रुअरीमा भएको झडपमा ७९ बन्दीहरू मारिएका थिए। प्रहरी अधिकारीका अनुसार एउटा भवनमा रहेका बन्दीहरूले अर्को भवनसम्म पुग्न घिस्रिएर सानो सुरुङ हुँदै अघि बढेका थिए। त्यसपछि उनीहरूले विपक्षी समूहका सदस्यमाथि आक्रमण गरे।

घटनामा ५० भन्दा बढी कैदीहरू घाइते भएका छन्। राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ८ : ४२ बजे