माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

‘म पार्टी फुटको विपक्षमा छु’ -मुख्यमन्त्री शाक्य

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा(एमाले) नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताएकी छन् । 

एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताएकी हुन् । “पार्टीका पहिलो भएका केही बेमेल, भिन्नतालाई छाडेर अघि बढ्नुपर्छ । गुटबन्दीभन्दा माथि उठेर संस्थागतरूपमा पार्टीलाई बलियो बनाउन सबै सक्रिय हुनुपर्छ”, मुख्यमन्त्री शाक्यले भनिन् । 
    
एमालेको उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री शाक्यले माधव नेपाललाई पार्टी फुटाउन नहुने सल्लाह दिएको र नेपाल लगायतले फटाएर अघि बढेपछि साथ छाडेको पनि बताइन् । उनले नेकपा (एकिकृत समाजवादी) निकै कमजोर पार्टी हुनेसमेत दाबी गरिन् । उनले नुवाकोटका पार्टी फुटको असर ज्यादै न्यून परेकाले आगामी दिनमा एमालेको सङ्गठन अझै बलियो हुने बताइन् । 

मुख्यमन्त्री शाक्यले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेकाले सबै नेता कार्यकर्ताले जिम्मेवार ढङ्गले सक्रिय हुनु पनि निर्देशन दिइन् । 

एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले एमाले नुवाकोटमा एकढिक्का भए अघि बढिरहेकाले कार्यकर्ताले अरुको भनाइको पछि नलाग्न आग्रह गरेका थिए । 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ०५ बजे