साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विराटनगरमाथि भैरहवाको सहज जित

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा भैरहवा ग्ल्याडियटर्सले सहज जित हात पारेको छ । बुधबार भएको  खेलमा भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको हो ।  

टियु मैदानमा विराटनगरले दिएको ९० रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो ।  भैरहवाका लागि उपुर थंरगाले सर्वाधिक ३४ रन बनाएर अविजित रहे ।  त्यस्तै, प्रदीप ऐरीले २२ रन बनाए भने तमिम इकबाल र रोहित कुमार पौडेल समान १२/१२ रनमा क्याच आउट भए । 

विराटनगरका लागि रामनरेश गिरीले २ विकेट लिए भने कप्तान करण केसी र बसन्त रेग्मीको नाममा समान एक/एक विकेट रह्यो । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तोमा पाएको विराटनगर खराव सुरुवात गर्दै १७.४ ओभरमा ८९ रन बनाएर अलआउट हुन पुगेको थियो । विराटनगरका लागि दिलशान मुनाविराले सर्वाधिक २५ रन बनाए । त्यस्तै, सुमित महर्जनले १३ रन बनाए भने ओपनर आसिफ शेख ११ रनमा बोल्ड आउट भए । अनिल कुमार शाह ११ रनमा क्याच आउट हुँदा कप्तान करण केसीलाई भने कृष्ण कार्कीले बोल्डआउट गरे । वसन्त रेग्मी १० रनमा अविजित रहे । 

विराटनगरलाई सस्तैमा समेट्न भैरहवाका  धाम्मिका प्रसाद र आरिफ शेखले समान ३/३ विकेट लिए । त्यस्तै, अभिनाश बोहराले २ विकेट लिए भने दुर्गेश गुप्ता र कृष्ण कार्कीको नाममा एक/एक विकेट रह्यो  ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : १० बजे