माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

सरकारले संविधान मिच्दा पनि मिडिया मौन : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया मौन रहेको बताउनुभएको छ । 

आफू प्रधानमन्त्री हुँदा मिडियाले आलोचना गरेका कारण गल्ती कम भएको उहाँले बताउनुभयो । नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताउनुभयो  । उहाँले भन्नुभयो,‘खबरदारी गरेन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ ।’

ओलीले अहिलेको सरकारका कारण लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएको बताउनुभयो ।
आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको विषय उठाउँदै ओलीले मिडियाले प्रतिगमन शब्दको दुरुपयोग भएको बताउनुभयो ।प्रतिगमन शब्दको दुरुपयोग भयो । जनादेश जाने कुरा कसरी प्रतिगमन भयो उहाँको प्रश्‍न थियो ।
वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याएको बताउँदै त्यसले संविधानको उल्लङ्घन गर्नुका साथै लोकतन्त्रको ‘नर्म्स’ हरू भत्काएको ओलीले बताउनुभयो । उहाँलेभ न्नुभयो,‘एमाले फुटाउने काम सकिएछ अनि अध्यादेश फिर्ताको सूचना निकालियो ।’

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ५ : ५१ बजे