साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ईपीएल क्रिकेट : भैरहवा र चितवनबिचको खेल पनि रद्ध

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल)  टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन अन्तर्गतको दोस्रो खेल समेत वर्षाका कारण रद्ध भएको छ । कीर्तिपुरस्थित टियु  क्रिकेट मैदानमा हुने तय भएको भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेलमा बर्षा भएपछी टससमेत हुन नपाई खेल रद्ध भएको हो । 

आयोजकले निर्धारित समय अनुसार १:३० बजे दोस्रो खेलको टस गर्नुपर्ने थियो । तर १:४० बजेसम्म पनि हिजो परेको पानीको कारण मैदान ओसिलो भएको थियो । 

ओसिलो मैदानलाई कुरेर बस्दा पुनः सोमबार समेत पानी परेको हो  । पुनः पानी परेपछि अम्पायरले खेल रद्ध गर्ने निर्णय लिएका हुन् । खेल पुनः अर्को दिन हुने वा नहुने तथा अंक बाड्ने विषयमा भने आयोजकले पछि मात्रै निर्णय लिनेछ । 

यसअघि आजको पहिलो खेलअन्तर्गत काठमाडौं किङ्स इलेभन र बिराटनगर वारियर्सबिचको खेलसमेत हुन सकेन । हिजो (आइतबार) दोस्रो खेलको १० ओभर जारी रहँदा ठूलो वर्षा भई खेल सुचारु हुन सकेको थिएन । 

हिजोको बर्षाको कारण मैदान ओसिलो भएपछि बिहानी खेलसमेत टस नभइ रद्ध भएको थियो । यस खेल समेत पुनः खेलाइने वा नखेलाइने भन्ने टुंगो लागेको छैन । 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : ३८ बजे