सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भारतमा थप २६ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा अहिले पनि सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार ६२० रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ । एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।   

त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २९ लाख ३१ हजार ९७२ पुगेको छ । गत आइतबारसम्ममा भारतका ५६ करोड ४४ लाख जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ८६ करोड १० लाख डोज खोप लगाइएको छ । 

रासस÷एएनआई

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ३ : ४९ बजे