‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पुराना वामपन्थी नेता शर्माको निधन

हेटौंँडा – मकवानपुरका पुराना वामपन्थी नेता तथा यातायातविज्ञ श्रीधर शर्माको निधन भएको छ । उहाँको आज उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको नेपाल कम्युनिष्ट पार्टी(एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षक सङ्गठनका संस्थापकमध्ये एक शर्मा लामो समयदेखि रक्तअर्बुदरोगले ग्रसित हुनुहुन्थ्यो । एमाले नेता अनन्त पौडेल नेता शर्माको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनुहुन्छ । “शर्मा शिक्षक आन्दोलन, तत्कालीन नेकपा मालेको खुला मोर्चाका नेता तथा नेकपा मालेका भूमिगत नेताहरुलाई आश्रय दिने हेटौंँडाका मुख्य आश्रयदाता हुनुहुन्थ्यो ।

नेकपा (एमाले)का नेता, नेपालको यातायात क्षेत्रका विज्ञ आदरणीय श्रीधर शर्माको दुःखद् निधनको खबरले स्तब्ध भएको छु”, उहाँले भन्नुभयो, “आफ्नो अनुभव र ज्ञान सधँैं अरुलाई हस्तान्तरण गरिरहने त्यो विलक्षण प्रतिभा आज अस्ताएको छ । नेकपा (एमाले)लाई अपूरणीय क्षति भएको छ ।” राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले नेता शर्माको निधनले आफूहरुलाई मर्माहत बनाएको बताउनुभयो ।

स्व शर्माका आमा, दुई श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । शर्माको पार्थिव शरीर अन्तिम संस्कारका लागि आज राति हेटौंँडा ल्याइने पारीवारिक स्रोतले जनाएको छ । 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : २७ बजे