काठमाडौं । काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।
काठमाडौं जिल्ला सबै पालिकाका खोप केन्द्रबाट भेरोसेलको पहिलो डोज लगाउन सकिन्छ । खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
तीन दिनसम्म चल्ने खोप कार्यक्रम अन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।
खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार ९ : ०८ बजे
प्रतिक्रिया