काठमाडौं । काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार विराटनगर उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ।
खुकुरी प्रहारबाट घाइते लामाको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न आरोपमा विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनले खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन। कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए।
प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार २ : ५० बजे
प्रतिक्रिया