साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कंगनाले किन गरिन् नवाजुद्धिनको तारिफ ?

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि विषयमा बोल्न, कसैको आलोचना गर्न तथा तारिफ गर्न अघि सरिहाल्छिन् । सधैंजसो चर्चामा छाइरहने कंगनाले पछिल्लो समय अभिनेता नवाजुद्धिन सिद्धिकीको तारिफ गर्दै एउटा पोस्ट गरिन् । अहिले भारतीय अनलाइनले उक्त कुराको चर्चा गरेका छन् ।

कंगनाले नवाजुद्धिन इन्टरनेसनल एमी अवार्डमा ‘सिरियल म्यान’ फिल्मबाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेको कुराको तारिफ गर्दै उनको फोटोसहित पोस्ट गरेकी हुन् । उनले आफ्नो पोस्टमा ‘बधाई छ सर, तपाई निश्चित रूपमा दुनियाँका उत्कृष्ट अभिनेतामध्येमा एक हुुनुहुन्छ,’ लेखेकी छन् । 

नवाजुद्धिनले आफू एमी अवार्डमा उत्कृष्ट अभिनेताको मनोनयनमा परेको कुरा आफैंले सेयर गरेका थिए । उनले ‘सिरियस म्यान’ अवार्डमा नोमिनेसनमा परेकोमा फिल्मको टिम र निर्देशक सुधिर मिश्रालाई बधाई दिएका छन् । हाल ‘हिरोपन्थी–२’ को सुटिङका लागि लन्डनमा रहेका नवाजुद्धिनका आगामी फिल्ममा ‘जोगीरा सारा रा रा’, ‘नो ल्यान्डस् म्यान’ र ‘बोले चुडियां’ छन् । 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १ : ४२ बजे