मन्थली विमानस्थलमा पानी पस्यो

बालुवाटारमा मन्त्रिपरिषद् विस्तार र अध्यादेशबारे छलफल

काठमाडौं । सत्तारुढ गठबन्धनका शिर्षनेताहरुबीच मन्त्रिपरिषद् विस्तार र राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल भएको छ । आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिर्षनेताबीच सो विषयमा छलफल भएको हो । 

छलफलमा नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद् विस्तार र राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन आग्रह गरेका छन् ।  एक/दुई दिनमा मन्त्रिपरिषद विस्तार हुनसक्ने बैठकमा सहभागि एक नेताले जानकारी दिए । 

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नेताहरु उपस्थित थिए।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १ : ३६ बजे