सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

दशबर्ष पछि हुन लागेको जनगणना हाललाई स्थगित

काठमाडौं । दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम कोरोना भाईरस महामरीका कारण स्थगित भएको छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनु पर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने निर्णय भएको तथ्याङक विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेले बताउनुभयो ।

जनगणनाका सबै काम तत्कालका लागि रोक्ने मन्त्रीपरिषद् निर्णय गरेको तर औपचारिक रुपमा विभागमा पत्र आइ नपुगेको लामिछानेले बताउनुभयो । हाललाई स्थगित भए पनि कोरोना संक्रमणको अवस्थालाई हेरेर कार्यतालिका बनाएर काम अघि बढाउने उहाँले जानकारी दिनुभयो । तर चालु आर्थिक वर्षमा सम्भावना कम रहेकाले आर्थिक वर्ष २०७८÷०७९ देखि शुरु गर्ने विभागको लक्ष रहेको उहाँले भन्नुभयो । बैसाख १५ गते देखि सुपरिवेक्षकहरुका लागि तालिम दिन शुरु गरेको थियो भने यो तालिम पनि स्थागित भएको छ । कार्यतालिका अनुसार बैसाख २६ गते देखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो ।

१० वर्ष पछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएपनि तथ्याङक विभागले कार्यक्रमलाई अघि बढाउन नसके पछि सरकारसँग स्थागित गर्ने प्रस्ताव लगेको राष्ट्रिय योजना आयोगका उपसचिव दिवाकर लुङटेलले बताउनुभयो । गणकलाई तालिम दिए पछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका रहेको थियो । विभागले जनगणनाका लागि करिव ८५ प्रतिशत काम सम्पन्न गरि सकेको जनाएको छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  २ : १५ बजे