‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा प्रवक्ता शर्मालाई कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।

आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी शर्माले सामाजिक सन्जालमार्फत् दिनुभएको छ ।

मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा.अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन शुरु गरेको शर्माले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १ : ३४ बजे