‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मुख्यमन्त्री पोखरेलको साथ छोडेका दुई सांसद फेरि एमालेमै फर्किए

काठमाडौँ– सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद एमालेमै फर्किएका छन् ।

उनीहरूले आज एक विज्ञप्ति जारी गर्दै आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका हुन् । कपिलबस्तु२ ‘ख’ बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन् ।

उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘माननीय कुलप्रसाद केसी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।’

 

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १ : १४ बजे