सुनको मूल्यमा नयाँ कीर्तिमान

बारले एमिकस क्यूरी नपठाएपछि संवैधानिक इजलाससम्बन्धी विवादको सुनुवाइ स्थगित

काठमाडौं । नेपाल बार एशोसियनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाए पछि  आज हुनेभनिएको प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेसी तोकिएको सो मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज सुनुवाइ स्थगित गरिएको  हो ।

सर्वोच्च बारले पूर्णमान शाक्य र रविनारायण खनाल तथा नेपाल बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष शेरबहादुर केसीको नाम टुंगो लगाए पनि आधिकारिकरूपमा नाम नदिएपछि आजको सुनुवाई स्थगीत गर्नु परेको हो । 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १ : ३४ बजे