सुनको मूल्यमा नयाँ कीर्तिमान

दशैंको लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खुल्ने

काठमाडौँ । यातायात व्यवस्था विभागले  लामोदूरी चल्ने सार्वजनिक सवारी साधनमा  दशैंको अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खोल्ने निर्णय गरेको छ । 

गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र यातायात व्यवसायीहरूको आज बसेको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले असोज ११ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको बताउनुभयो । 

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अगि्रम टिकट खोल्नुपर्ने बताउदै आएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : १० बजे