मन्थली विमानस्थलमा पानी पस्यो

कार्यालयमा तोडफोड गर्नेलाई कारबाही नगरेकोमा ओलीको आपत्ति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी सङ्गठनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही नगरेकामा आपत्ति जनाउनु भएको छ । 

एमालेको काठमाडौँ उपत्यका विशेष प्रदेश कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले निजामती कर्मचारी सङ्गठनको बबरमहलस्थित कार्यालयमा कर्मचारीकै एक समूहले आक्रमण गरेको र सुरक्षाकर्मीले सङ्गठनका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएकामा विरोध गर्नुभएको हो । 

कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपालले नयाँ पार्टी खोलेर कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताउनु भयो । पार्टीका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले विशेष क्षेत्रका कार्यकर्ताले विशेष ढङ्गले काम गरेर भूगोलको राजनीतिक कामलाई पनि सघाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ०६ बजे